Back To Top

June 19, 2025

नेपालमा एमसीसी निरन्तर हुने अमेरिकी सन्देश

Global Ime Bank AD
Insourance

काठमाडौँ:

नेपालस्थित अमेरिकी दूतावासले नेपालमा एमसीसीअन्तर्गतका परियोजना आधिकारिक रुपमै निरन्तर पूर्ण कार्यान्वयनमा रहेको बताएको छ । साथै एमसीसी र नेपाल सरकार हालसम्म भएका काम, सम्झौताअनुसार सुरु भएका काम र सम्भावित नयाँ दायित्व पूरा गर्ने सुनिश्चितता हुने गरी अघि बढिरहेको बताइएको छ ।

बुधबार अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा फेब्रुअरी २०२५ मा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायता सम्बन्धी समिक्षा चलिरहेकै बेला लागु गरिएको ९०–दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसिसिको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिएको उल्लेख छ । सो अपवादले एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समिक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको दुतावासको दाबी छ ।

एमसिसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै यस समिक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको बताइएको छ ।

‘एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए–नेपाल सँग निकट सहकार्य गर्दै कम्प्याक्ट अन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधिहरू (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवद्र्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको पनि दुतावासको विज्ञप्तिमा उल्लेख छ।

United long banner ad
Prev Post

तनहुँ हाइड्रोमा जाइकाको अनुगमन

Next Post

‘दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने ग्याँस’

post-bars

Leave a Comment