Back To Top

July 28, 2025

एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने

Global Ime Bank AD

काठमाडौं : अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पारेसन (एमसीसी) को नेपाल कम्प्याक्टले निरन्तरता पाएको छ ।
अर्थ मन्त्रालयले आज सोमबार एक विज्ञप्ति जारी गरी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको  व्यहोरा सरोकारवालालाई जानकारी गराइएको जनाएको छ ।
एमसीसीले २०८१ फागुन २२ गते नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरकी राष्ट्रपतिको जनवरी २० २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलाेकनका लागि स्थगन भएको जानकारी दिएको थियो ।
एमसीसीको जुलाई २४ २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
उक्त नेपाल कम्प्याक्टले निरन्तरता पाएसँगै ४०० केभी दोहोरो सर्किटको ३१५ किलोमिटर प्रसारण लाइन तथा यसका सवस्टेशन निर्माणको अन्यौल हट्ने भएको छ । ३१५ किलोमिटर प्रसारण लाइन अन्तर्गत काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नहुँ, पाल्पा, नवलपुर र रसुवा÷परासीसमेत पार गर्नेछ । यसअन्तर्गत लप्सीफेदी-रातामाटे-नयाँ हेटौंडा, रातामाटे-नयाँ दमौली, दमौली-नयाँ बुटबलसम्म ४०० केभीको प्रसारण लाइन छन् ।

Global Ime Bank
Prev Post

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत,मधेसमा ५१.८२ प्रतिशत

Next Post

नाईमा अटेा एक्सपेाकेा तयारी पुरा

post-bars

Leave a Comment