Back To Top

January 3, 2025

एमसीसीले ले थप्यो नेपालमा अनुदान

Global Ime Bank

काठमाडौं ।

मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल कम्प्याक्टका लागि करिब ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता प्रदान गर्ने भएको छ ।

समयमा काम सुरु हुन नसकेका कारण लागत बढ्ने अवस्था आएपछि एमसीसीको बोर्ड बैठकले नेपाल कम्प्याक्टको लागि  थप ५० मिलियन अमेरिकी डलर स्वीकृत गरेको हो ।  

जसले कम्प्याक्टको कुल बजेटलाई ७४७ मिलियन अमेरिकी डलर (१ खर्ब २ अर्ब रुपैयाँ) पुर्‍याएको छ ।

सञ्चालक समितिको यस निर्णयले नेपालका विकास प्राथमिकताहरूलाई रूपान्तरणकारी तथा गुणस्तरीय पूर्वाधार परियोजनाहरूको माध्यमबाट अगाडि बढाउने एमसीसी र नेपाल सरकारबिचको साझा प्रतिबद्धतामाथि जोड दिएको दाबी गरिएको छ । आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्नका निम्ति कार्यरत मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो ।

२०१७ मा हस्ताक्षरपछि संसदबाट अनुमोदन भएको अमेरिकी अनुदान कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको सम्झौताअनुसार अगस्ट २०२३ देखि ५ वर्षको समय राखेर परिआयोजनालाई पुरा गर्नुपर्नेछ । सम्झौताअनुसार परियोजनाको कार्यतालिकामा रहेर हाल टेण्डर भइरहेको छ ।

एमसीसीबाट प्राप्त हुने अनुदानबाट हुने आयोजना अन्तर्गत करिब ३१५ किमि ४ केभी क्षमताको विद्युत प्रसारण लाइन र तीन वटा ४ सय केभी क्षमताका सबस्टेसनसँगै ७७ किमि सडक मर्मतको योजना रहेको छ ।

Prev Post

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान

Next Post

एफवान सफ्टको सिस्टम ह्याक, सिटिजन्स बैंकबाट डेढ करोड चोरी

post-bars

Leave a Comment