Back To Top

April 25, 2025

नेपालमा एमसीसीको प्रशारणलाईन परियोजना जारी रहने संकेत

Global Ime Bank AD
Insourance

काठमाडौ । अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालसहित ४ वटा देशमा सहायता कार्यक्रम तत्काल बन्द नगर्ने संकेत गरेको छ।

अमेरिकामा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएर आएपछि उनका विश्वासपात्र एलोन मस्क नेतृत्वको सरकारी दक्षता विभागले नेपालसहित चार देशको सहायताबाहेक एमसीसीका सबै काम बन्द गर्ने आदेश दिएको एमसीसीकै कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको हो।  रोयर्टसको समाचारमा प्रशारणलाईन सम्बन्धी परियोजना सुचारु हुने भनिए पनि सडक मर्मत परियोजना भने उल्लेख छैन ।

रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले विश्वभर गरिबी घटाउन र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न अमेरिकी सहायता एजेन्सी थालनी गरेका थिए। ट्रम्प आएपछि यस्तो सहायता अमेरिकी प्राथमिकतामा नपर्ने र करदाताको पैसा दुरूपयोग गर्न नहुने भन्दै पहिला युएसएआईडी र त्यसपछि एमसीसी बन्द गर्न आदेश दिइएको छ।

नेपालमा एमसीसीका परियोजना बन्द नहुने नेपाली पक्षको अपेक्षा छ। अर्थमन्त्रालय र एमसीए नेपालको सचिवालयका अधिकारीहरुले पनि हालसम्म नेपाली कार्यक्रम बन्द गर्ने कुनै औपचारिक जानकारी भने नआएको बताएका छन् ।

बुधबारको बैठकमा एमसीसीका कर्मचारीहरूलाई एजेन्सीका सबै कार्यक्रमहरू बन्द गरिने र कर्मचारी संख्या घटाउने जानकारी दिइएको थियो।

एमसीसीका एक अधिकारीले रोयटर्सलाई बताएअनुसार मंगोलियामा फोहोर पानी प्रशोधन प्लान्ट, सेनेगल र नेपालमा विद्युत प्रसारण लाइन र आइभरी कोस्टमा विद्यालय निर्माणसम्बन्धी केही सक्रिय परियोजनाहरू बाहेक एजेन्सीको सबै काम रोक्न आदेश दिइएको छ।

United long banner ad
Prev Post

वाग्मती गाउँपालिका प्रमुखसहित ६ जनाविरूद्ध वन मुद्दा

Next Post

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा पेस

post-bars

Leave a Comment