Back To Top

February 28, 2025

एमएडब्लू वृद्धिले ईभी कार्निभल गर्ने

Global Ime Bank

काठमाडौ ः

नेपालका लागि दीपल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ईभी कार्निभल गर्ने जनाएको छ ।
फागुन १८ देखि २१ गतेसम्म अमरपाली बैंक्वेट, नक्साल, काठमाडौंमा र उपत्यका बाहिरका विभिन्न सो रुपमा यस्तो कार्निभल आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

चार दिनसम्म चल्ने ईभी कार्निभलमा दीपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै विभिन्न अफरको फाइदा उठाउँदै ईभी खरिद गर्न सक्ने जनाइएको छ ।

कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी ई(०७ को अनुभव पनि गर्न सक्नेछन् । यसको एउटा सिंगट बटन दबाउँदा एसयूभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, ग्राहकले दीपलको चर्चित मोडल एस(०७, एस(०७ एल, एल(०७, नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्नसकिने जनाइएको छ ।

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिने छ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने छ । हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्री नाइट स्टेको अवसर पाउने छन् । बम्पर उपहारमा भाग्यमानी एक जनाले लक्की ड्रमार्फत आइफोन १६ प्रोम्याक्स पाउने छन् ।

ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्री ७ किलोवाट चार्जर र एसेसोरिज, फ्री रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउने व्यवस्था गरिएको जनाइएको छ ।

ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनेछन् । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Prev Post

६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

Next Post

आज हल्का हिमपातको सम्भावना

post-bars

Leave a Comment