Back To Top

December 3, 2024

एमएडब्लू ग्रुपलाई फोटोन ग्लोबल अवार्ड

Global Ime Bank

काठमाडौँ ।
विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा नेतृत्व र बजार प्रवद्र्धनमा उच्चतम क्षमता प्रदर्शन गरेको भन्दै एमएडब्लू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुईवटा महत्वपूर्ण सम्मान प्राप्त गरेको  छ ।

अवार्ड कार्यक्रममा एमएडब्लूका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाललाई लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४ प्रदान गरिएको थियो। यो अवार्डले नेपालमा फोटोन ईभी सवारी साधनहरूले अपनाउदै आएको दिगो ऊर्जा समाधानतर्फको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने एमएडब्लू वृद्धी कमर्शियलको महत्वपूर्ण भूमिकालाई सम्मान गरेको कम्पनीले जनाएको छ ।

ग्रुपलाई थप पहिचान दिलाउने क्रममा एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्राप्त गरे।

अवार्डहरू फोटोन गु्रपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयमले प्रदान गरेका थिए। “प्रतिष्ठित व्यक्तित्वबाट प्राप्त यो मान्यताले एमएडब्लू ग्रुपको ईभी उद्योगमा विश्वव्यापी प्रभावलाई कदर गरेको छ ।” एमएडब्ल्युद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यी अवार्डहरूले नेपालमा ‘इनर्र्जी इफसियन्ट’ गतिशीलतालाई अगाडि बढाउन एमएडब्लू ग्रुपको अटल समर्पणलाई पुनस् पुष्टि गरेको पनि कम्पनीले जनाएको छ । दिगोपनका लागि विद्युतीय सवारीसाधनलाई विस्तार गरेर समूहले राष्ट्रको अटोमोटिभ उद्योगमा नयाँ मानकहरू स्थापित गरेको छ।

फोटोन ग्लोबलले दिगो ऊर्जा र गतिशीलतामा एमएडब्लू ग्रुपको परिवर्तनकारी योगदानलाई स्वीकार गरेको छ। यी मान्यताहरूले ईभी क्षेत्रमा ट्रेन्डसेटरको रूपमा समूहको प्रभाव र हरित भविष्यलाई आकार दिने प्रतिबद्धतालाई समेत जोड दिन्छ।

 

Prev Post

पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

Next Post

ग्लोबल आइएमईका ग्राहकलाई सिग्मा ल्याबमा ४० प्रतिशत छुट

post-bars

Leave a Comment