Back To Top

September 21, 2025

विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्र आए मनोज

Global Ime Bank AD
Insourance

सरकारले नेपाल विध्युत प्राधिकरणमा पुर्व उप कार्यकारी निर्देशक मनेाज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेकेा छ । मन्त्रीपरिषद बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीकेा पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

गृहमन्त्री ओम प्रकाश अर्यालका अनुुसार उनको स्थानमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । यसअघि वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङलाई हटाएर अघिल्लो सरकारले  गत चैत ११ गते शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

झण्डै ६ महिनापछि शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट मुक्त गरेको छ । फरक परिस्थितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यलाई हटाएर सिलवाललाई प्राधिकरणमा ल्याएको छ ।

२०८१ साल माघ ११ गते प्राधिकरण उपकार्यकारी निर्देशककाे ५ वर्षे जिम्मेवारी पूरा गरी ५४ वर्षमा अनिवार्य अवकाश भएका सिलवालले करिब ८ महिनापछि कार्यकारी निर्देशकको जिम्मेवारी प्राप्त गरेका छन् ।

सिलवाल २०४६ सालमा ओभरसियरका रूपमा प्राधिकरणको अस्थायी सेवामा प्रवेश गरेका थिए । ओभरसियरमै स्थायी भएपछि उनी २०५७ सालमा मात्र इन्जिनियरमा बढुवा भई २०६२ सालमा अन्तर्राष्ट्रियस्तरको कार्य अनुभव संगाल्न न्यूजील्याण्डमा समेत रहेर काम गरेका थिए । उनले काठमाडौँ विश्वविद्यालय (केयू) बाट स्नातक र पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर (एमएससी) सम्मको अध्ययन पूरा गरेका छन् ।

United long banner ad
Prev Post

‘पूर्वाग्रही होइन अवस्था बुझेर ठेक्का तोड्छौ

Next Post

निजी क्षेत्रमा असी अर्बको क्षति

post-bars

Leave a Comment