Back To Top

September 27, 2025

विद्युत् विकास विभागको महानिर्देशमा मनदेवी श्रेष्ठ

Global Ime Bank AD
Insourance

ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले विद्युत् विकास विभागमा महानिर्देशकको जिम्मेवारी मनदेवी श्रेष्ठलाई दिएका छन्।

आज मन्त्रिस्तरीय निर्णय गरी हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनदेवीलाई उक्त जिम्मेवारी दिएका हुन्।

मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन्। मनदेवी जलविद्युत् इन्जिनियर हुन्।

ऊर्जा आयोगमा सरुवा भएका जीवछले यसअघि कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन तत्कालीन मन्त्री दीपक खड्कालाई सहयोग गरेका थिए। उनको त्यो कार्य गैरव्यावसायिक र पक्षपातपूर्ण भनी आलोचना भएको थियो।

United long banner ad
Prev Post

एमसीसी प्रसारण लाइन निर्माणकाे सम्झौता

Next Post

फिल्डम्यान कुलमानः २३४ सडकका ठेक्का तोडिने

post-bars

Leave a Comment