Back To Top

October 30, 2025

मलेसियाले तोक्यो कामदार लिन नयाँ सर्त

Global Ime Bank AD

काठमाडौ ।

मलेसिया सरकारले आप्रवासी श्रमिक पठाउने देशका वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि नयाँ सर्त हरु अगि सारेको छ । मलेसियाले नेपालसहित बङ्गलादेश, भारत, पाकिस्तान र म्यान्मारका कम्पनीका लागि थप नयाँ १० सर्त ल्याएको हो ।

यस अनुसार अव कामदार पठाउने कम्पनी कम्तीमा पाँच वर्षको सञ्चालन अनुमति पाएको हुनुपर्ने, पछिल्लो पाँच वर्षमा कम्तीमा तीन हजार श्रमिक विदेश पठाएको अभिलेख हुनुपर्ने र कम्तीमा तीन फरक देशमा श्रमिक पठाएको अनुभव हुनुपर्ने भएको छ ।

यस्तै सम्बन्धित कम्पनीले श्रमिकको प्रशिक्षण, मुल्याङ्कन, भर्ती र श्रमिक पठाउनेसम्बन्धी काम गर्न वैधानिक रूपमा अनुमति पाएको हुनुपर्ने छ । त्यस्तै कम्पनी सञ्चालकले सर्टिफिकेट अफ गुड कन्डक्ट पाएको हुनुपर्ने, एजेन्सी कुनै पनि जबरजस्ती श्रम, मानव बेचबिखन, श्रम कानुन उल्लङ्घन, ठगी वा वित्तीय अपराधमा संलग्न नभएको हुनुपर्ने पनि सर्त राखेको छ ।

एजेन्सीले आफ्नै स्वामित्वमा रहेको तालिम तथा मूल्याङ्कन केन्द्र सञ्चालन गरेको हुनुपर्ने, पाँच अन्तर्राष्ट्रिय रोजगारदाताबाट सिफारिसपत्र पाएको हुनुपर्ने, कम्तीमा तीन वर्षदेखि स्थायी सञ्चालन गरेको कार्यालय हुनुपर्ने र अघिल्ला भर्ती प्रक्रियाको कानुनी पालना प्रमाणित गर्ने कागजात पेस गर्नुपर्ने पनि सर्त राखेको छ ।

मलेसिया सरकारले मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचार गर्दै नेपालबाट श्रमिक भर्ना प्रव्रिmया र श्रमिक पठाउन संलग्न कम्पनी व्यवस्थित बनाउने हिसाबले सर्त तोकेको जानकारी गराएको छ । मलेसियाले राखेका सर्त अनुसार त नेपालमा एउटै म्यानपावर कम्पनी नभएको हुन सक्ने अवस्था रहेको ब्यवसायीले बताएका छन् । मलेसियामा हाल साढे चार लाख नेपाली कार्यरत रहेका छन् ।

 

Global Ime Bank
Prev Post

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

post-bars

Leave a Comment