महाप्रसाद अधिकारी गभर्नर छनोट समिति सदस्य

काठमाडौं ।
नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनोट समिति सदस्य बनाएको हो ।
पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो । अधिकारीलाई नयाँ गभर्नर छान्ने जिम्मा दिने निर्णय भएको हो ।
भट्टराईले छनोट समिति संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकपल्ट पनि बैठक नराखेको तथा कसैको रबर स्टाम्प बन्न नसक्ने भन्दै बैशाख ९ गते राजीनामा दिएका थिए । समितिका अर्का सदस्य डा. विश्व पौडेल हुन् ।
