Back To Top

June 18, 2025

नक्कलीका कारण सक्कली महानगर पिडित

Global Ime Bank AD
Insourance

काठमाडौँ ।
आफ्नो नाम, रङ र डिजाइनको नक्कल गरी अनाधिकृत व्यक्ति तथा समूहले बस सञ्चालन गरिरहेको भन्दै महानगर यातायात प्रालिले आपत्ती जनाएको छ ।

प्रालिले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी त्यस्ता नक्कली सवारी साधन निर्वाध चल्दा आफ्नो व्यवसायलाई बाधा परिरहेको भन्दै तत्काल त्यस्तो काम रोक्न माग गरेको छ ।
महानगर यातायातले यस्तो गैर कानुनी कार्य नियन्त्रणका लागि सारोकारवालाले साथ नदिएको पनि आरोप लगाएको छ ।

मर्यातदित सार्वजनिक यातायात सञ्चालन गर्ने भन्दै २०७२ सालदेखि महानगर यातायात प्रालिले काठमाडौको चक्रपथमा एकैपटक ३९ वटा बसमार्पmत सेवा सञ्चलन गरेको थियो । तर त्यहिबेला देखि नै अन्य बसहरु उस्तै स्वरुप र रंगमा चल्न थालेका थिए ।

मि ल्दोजुल्दो बनाएर चलेका त्यस्ता बस नियन्त्रणमा लिएर कारवाही गर्न जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी आग्रह गरे पनि यस्तो अवैध काम नरोकिएको महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । “बिडम्बना कतैबाट प्रभावकारी काम भएन,” उनले भने, “नक्कली बसका कारण आफ्नो व्यवसाय र साख दुवै गुम्दै गएको छ । खतिवडाले ती बसमा यात्रुले महत्वपूर्ण सामान छुटाउँदा आफूलाई झमेला भोग्नु परेको र उनिहरुका कारण भएका दुर्घटना, चोरी तथा विभिन्न अपराधिक घटनामा पनि दुख पाउने र बदनाम भइरहेको दुखेसो पोखे ।

खतिवडाका अनुसार महानगर यातायात सञ्चालन गर्दा बसको रंग आकार प्रकृति सवै सम्बन्धित निकायमा पञ्जिकरण गराएर अनुमति लिइएको थियो । तर पनि नक्कल गरेका बस अहिले पनि निर्वाध सञ्चालनमा छन् । करिव २ सय यस्ता नक्कल गरिएका बस सञ्चालनमा छन् । महानगर यातायात प्रालिका भने ८९ वटा बस चक्रपथलगायत राजधानीका विभिन्न रुटमा सञ्चालनमा छन् ।

आफूहरु निकट भविश्यमै सेवा विस्तारको तयारीमा रहेको खतिवडाले बताए । “हामीले अरु वस नचलुन भन्दैनौ, स्वस्थ प्रतिस्पर्धा स्वीकार्य छ तर हाम्रो साख चोरी हुनुमा गम्भिर आपत्ती छ,” उनले भने । उहाँले आफनो व्राण्ड सम्बन्धि ट्रेडमार्क पनि दर्ता गरेको बताउँदै उहाँले त्यो जोगाइदिनु राज्यका निकायको दायित्व भएको औल्याए ।समस्या समाधान नभए अव कानुनी उपचार खोजिने खतिवडाले बताए ।

पत्रकार सम्मेलनमा खतिवडाले असार भित्र १२ वटा ठूलो क्षमताका विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

 

United long banner ad
Prev Post

वायु प्रदूषणले साढे ३ वर्ष घटायो नेपालीको आयु

Next Post

आइएमई पे र खल्तीबीच मर्जर हुने

post-bars

Leave a Comment