Back To Top

August 11, 2025

महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ

Global Ime Bank AD

 

दार्चुला । बचतकर्ताको ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त छन् ।

बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

चारै कर्मचारीको मिलेमतोमा उक्त शाखाको दुई करोड ८४ लाख ७६ हजार सात सय अपचलन भएको पाइएको छ । रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो ।

बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो । चारै जनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेको छ ।

Global Ime Bank
Prev Post

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड

Next Post

जलवायुजन्य जोखीम न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक

post-bars

Leave a Comment