Back To Top

December 22, 2024

म्याग्दी हाइड्रोको शेयर लगानीकोषले प्रत्याभूत गर्ने

Global Ime Bank

काठमाडौँ,: नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।

म्याग्दी हाइड्रोले प्रतिसेयर रु एक सयका दरले ४७ लाख ४५ हजार कित्ता बापत रु ४७ करोड ४५ लाख बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।  सम्झौताको अवधि छ महिनाको हुने कोषले जनाएको छ  ।

Prev Post

संस्थापक शेयर विक्री रोक्नु अन्यायपूर्ण: मल्ल

Next Post

हुवावे नेपालको सिड्स फर द फ्युचर २०२४ सम्पन्न

post-bars

Leave a Comment