Back To Top

February 5, 2026

खानापकाउने ग्यास पर्याप्त छः निगम

Global Ime Bank AD
Insourance

काठमाडौं । नेपाल आयल निगमले बजारमा पर्याप्त परिमाणमा खाना पकाउने ग्यास भएकाले हल्लाको भरमा नलाग्न उपभोक्तासँग आग्रह गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा चण्डिका भट्टले बजारमा कतै पनि ग्यासको अभाव नभएको दाबी गरेका छन् । मागभन्दा बढी परिमाणमा ग्यासको आपूर्ति भइरहेकाले हल्लाको भरमा लागेर अनावश्यक रुपमा भण्डारण नगर्न पनि उनले आग्रह गरेका छन् ।

उनका अनुसार देशभर गरी दैनिक ९० बुलेट(१ लाख १४ हजार सिलिण्डर) आवश्यक पर्छ । तर पछिल्लो शनिबारदेखि मंगलबारसम्ममा भने मागको तुलनामा दैनिक अतिरिक्त २५ देखि ४२ वटासम्म बुलेट नेपाल भित्रिदै आएका छन् ।

शनिबार ११८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिण्डरबराबर), सोमबार ११५ बुलेट (१ लाख ४५ हजार ७ सय सिलिण्डरबराबर) र मंगलबार १३२ बुलेट ( ११ लाख ६७ हजार ३ सय सिलिण्डरबराबर) खाना पकाउने ग्यास नेपाल भित्रिएको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।

यसमध्ये केहि थान बुलेट बाटोमा छन भने अधिकाँश नेपाल प्रवेश गरि उद्योगबाट उत्पादन भएर सिलिण्डरको रुपमा बजारमा पुगिसकेको भन्दै भट्टले आवश्यक नभएको अवस्थामा अनावश्यक रुपमा खरिद गरी घर, पसल, होटेल तथा रेष्टुँरामा स्टक गरी जम्माखोरी नगर्न आग्रह गरेका छन् ।

बजारमा नेपाल ग्यास ब्राण्डको सिलिण्डरको चर्को अभाव देखिएको थियो । बजारमा भएको अभाव सिर्जनालाई न्युनिकरण गर्न नेपाल ग्यास कम्पनीले आज उपत्यकाको ८४ वटा वितरण केन्द्रमार्फत ६ हजार ८ सय ७० थान सिलिण्डर वितरण गर्न लागेको छ ।

United long banner ad
Prev Post

नेप्सेमा रणनीतिक साझेदार ल्याई आफू बाहिरिन सरकारलाई सुझाव

post-bars

Leave a Comment