Back To Top

April 14, 2025

वैंकको व्याजदर शिथिलता कायमै

Global Ime Bank

काठमाडौँ
सञ्चालनमा रहेका अधिकांश वाणिज्य वैकंले नयाँ वर्षको सुरुवाती महिना वैशाखका लागि पनि चैतमै कार्यान्वयनमा ल्याइएको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

वाणिज्य बैङकहरूले २०८२ वैशाखका लागि प्रकाशित गरेको ब्याजदरको सूचना २० वाणिज्य वैंकहरूमध्ये तीन वैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एउटाले वैंकले बढाएको छ । बाँकी १६ वैंकहरूले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

एभरेस्ट वैंकले ०.६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ भने सानिमा, कुमारी र नेपाल वैंकले ब्याजदर घटाएका छन् । सानिमा वैंकले ०.१ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ भने कुमारी वैंकले ०.०९ प्रतिशत र नेपाल वैंकले ०.३५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

नयाँ ब्याजदर अनुसार एभरेस्ट वैंकको ६.६१ प्रतिशत रहेको छ भने सानिमा वैंकको ५.९५ प्रतिशत, कुमारी वैंकको ५.९२ प्रतिशत र नेपाल वैंकको ५.१५ प्रतिशत रहेको छ ।
वैशाखमा मुद्दती निक्षेपको ब्याजदर अ‍ैसतमा ५.९८ प्रतिशत कायम भएको छ ।

बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दु झरिरहेको छ । यता कर्जा प्रवाहको वृद्घिदर सुस्त रहेको छ । झन्डै डेढ वर्षदेखि वैंकहरूले लगातार ब्याजदर घटाउँदै आएका छन् ।

मुद्धती निक्षेपमै न्यून व्याजदर भएपछि बचतमा करिव ३.५ प्रतिशतको हाराहारीमा व्याज निर्धारण भएको छ । यस अनुसार बचतको व्याज बचतकर्ताका लागि मुद्रा स्फितिको तुलनमा न्युन हुँदै गएको छ ।

Prev Post

विद्युत् आयोजनाको शेयर खुलाइदिन प्रधामन्त्रीलाई अनुरोध

Next Post

बढ्न थाल्यो रकमान्तरको राडार

post-bars

Leave a Comment