Back To Top

May 14, 2025

अधिकाँश वाणिज्य बैंकहरुमा पुरानै ब्याज दर

Global Ime Bank AD

काठमाडौ।

वाणिज्य बैंकहरुले कर्जा योग्य रकम तरलता पर्याप्त भएको हुँदा पुरानै ब्याज दरलाई जेठमा पनि निरन्तरता दिएका हुन्। वैशाखकै ब्याजदरलाई निरन्तरता दिनेमा १४ वटा बाणिज्य बैंक छन् भने ६  वटा वाणिज्य बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेका छन्।

नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले व्यक्तिगत निक्षेपतर्फ १ प्रतिशतले ब्याज घटाउँदा कुमारी बैंक र सानिमा बैंकले ०.२५ र ०.०१ प्रतिशतले ब्याज घटाएका छन्। एभरेष्ट बैंकले वैशाखको तुलनामा ०.०३ प्रतिशत र नेपाल बैंकले ०.३ अंकले ब्याज बढाएका छन्।

वाणिज्य बैंकहरूको औसत मुद्दती निक्षेपको ब्याजदरमा जेठ महिनामा सामान्य कमी आएको छ । व्यक्तिगत मुद्धती निक्षेपका लागि जेठ महिनाको औसत ब्याजदर ५.९४ प्रतिशत कायम भएको छ । वैशाखमा यो दर ५.९८ प्रतिशत रहेको थियो। यो कमीले औसतमा २० वटा बैंकहरूको ब्याजदर ०.०४ प्रतिशतले घटेको देखिन्छ।

एभरेष्ट, स्ट्यान्डर्ड चार्ट, सानिमा लगायत बैंकले ५ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा केही बढी ब्याज दिएर निक्षेप तान्ने प्रयास गरे पनि छोटो अवधिको निक्षेपमा भने अधिकांश बैंकको ब्याजदर ४ प्रतिशतको रहेको देखिन्छ । कम ब्याजदरमा दीर्घकालीन निक्षेप तान्ने केही बैंकले लामो अवधिको मुद्दती निक्षेपमा केही बढी ब्याजदर प्रस्ताव गरेको देखिन्छ ।

Global Ime Bank
Prev Post

महशुल विवादः पुनरावलोकनमा आउन उद्योगीलाई सूचना

Next Post

प्राधिकरणले खुलायो विद्युत खरिद विक्री संझौता

post-bars

Leave a Comment