आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट

काठमाडौ ।
तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका राजावादीको केही समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा आगजनी तथा लुटपाट मच्चाएका छन ।
कोटेश्वरमा एक निजी घरमा आगजनी, नेकपा समाजवादीको पार्टि कार्यालय अन्नपुर्ण पोष्टको कार्यालयमा आक्रमण पश्चात कोटेश्वरमै रहेको भाटभाटेनी सुपर स्टोरमा लुटपाट मच्चाइएको छ ।
भाटभटेनीको परिसरमा राखिएको फलफूलसँगै विभिन्न सामान लुटिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा फलफूल, मदिरा पेय पदार्थसँगै अन्य सामान लुटेको देखिन्छ ।
शुक्रबार पूर्वराजा समर्थकको एक समूहले तीनकुनेमा विरोध कार्यक्रम राखेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौले अहिले कोटेश्वर क्षेत्रमा कर्फु लगाएको छ ।