Back To Top

August 21, 2025

बैंकहरुको कर्जा र निक्षेप दुवै घट्यो

Global Ime Bank AD

काठमाडौं ।

वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार महिनाको तुलनामा साउनमा निक्षेप संकलन ५२ अर्ब र कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको छ । पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन ।

असारमा भुक्तानी र राफसाफको दबाब पर्ने भएकाले कर्जा लगानी र निक्षेप संकलन केही बढेको थियो । तथापि, साउनमा सरकारी खर्चदेखि विकास निर्माणको काममा सुस्तता आउँने भएकाले पनि यो महिना निक्षेप संकलन र कर्जा लगानी घटेको जानकारहरुको भनाइ छ । सरकारले वर्षको सुरुवातदेखिनै पुँजीगत खर्च बढाएर विकास निर्माणको काममा गती लिन सकेको खण्डमा अगामी दिनमा कर्जा प्रवाह बढेर अर्थतन्त्र चलायमान बन्ने जानकारहरुले बताउँदै आएका छन् ।

१५ बैंकको निक्षेप संकलन घट्यो, ५ बैंकको बढ्यो

असारको तुलनामा साउन मसान्तसम्म आइपुग्दा १५ बैंकको निक्षेप संकलन घटेको छ भने ५ बैंकको बढेको छ । यसअवधिमा सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । एक महिनामा यसको निक्षेप संकलन ७ अर्ब ९६ करोड रुपैयाँले बढेर ५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यसअवधिमा समग्रमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ५२ अर्ब २२ करोड रुपैयाँले घटेर ६४ अर्ब ७८ करोड रुपैयाँमा आएको छ । असार महिनामा वाणिज्य बैंकले ६५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

Global Ime Bank
Prev Post

रोहिणी नदी किनारमा नयाँ इन्धन डिपो बन्ने

Next Post

बजार झर्यो कर्णालीको मिठो स्याउ

post-bars

Leave a Comment