Back To Top

September 17, 2024

लान्द्रुक मोदी जलविद्युतमा ६ बैंकले लगानी गर्ने

Global Ime Bank

कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन भएको छ ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको प्रवर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रालिले जनाएको छ ।

आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट बिनित कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंग्याएका हुन् । १६ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रवर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लीमिटेडले जनाएको छ ।

Prev Post

सहकारी ठगको सम्पत्ती जफतसम्म सिफारिस

Next Post

एनसेल फाउन्डेसनको घोषणा, सामाजिक सेवामा २० करोडको योगदान गर्ने

post-bars

Leave a Comment