Back To Top

March 24, 2025

प्राधिकरणबाट हटाईयेा कुलमानलाई

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको हो ।  घिसिङलाई अन्यत्र सरुवा गर्ने तयारी भएको भए पनि कहाँ गर्ने भन्ने चाही खुल्न सकेको छैन ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयले उनलाई कार्यकारी निर्देशकको पदबाट मुक्त गरेर मन्त्रालयमा नयाँ पद सिर्जना गरेर सरुवा गर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्को सचिवालयमा पुगेकेा थियेा । आठ  महिनादेखि घिसिङलाई हटाउन प्रधानमन्त्री र ऊर्जा मन्त्री दीपक खड्काले पटक पटक प्रयास गर्दै आएका थिए। उनलाई कार्यकारी निर्देशकबाट हटाउनका लागि चार पटकसम्म प्रष्टीकरण सोधिएको थियो

कुलमानलाई हटाउन ऊर्जा मन्त्री खड्का संसददेखि सार्वजनिक मञ्चसम्म कुलमानका विरुद्ध अभिव्यक्ति दिँदै आएका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार घिसिङलाई हटाएर पुर्व कार्यकारी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाईएकेा छ ।

United long banner ad
Prev Post

‘गरिबी न्यूनीकरणमा रेमिट्यान्सको ठूलो भूमिका’

Next Post

सरकारले न्याय दिएको छ: शाक्य

post-bars

Leave a Comment