Back To Top

Geo
October 3, 2025

मर्मत उद्दारको तयारीमा जुट्न घिसिङको निर्देशन

Global Ime Bank AD
Insourance

काठमाडौ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी पहिरोको सम्भावित जोखीमको अवस्था बुझेर पूर्वतयारीका काममा जुट्न सडक बिभाग मातहतलगायत विभिन्न कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

“बिज्ञका विश्लेषण र रास्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणबाट जारी भएको सूचना लाई आधार मान्दा शुक्रबारसम्म सम्पूर्ण डिभिजन प्रमुख ,योजना प्रमुख हरु आफ्ना कार्यालय का अपरेटर तथा इन्जिनियरहरु तयारीका लागि आफ्नो स्थान मा सुरक्षित रूप मा पुग्नु बुद्धिमानी ठहर्छ,” निर्देशनमा भनिएको छ ।

विपदआइसकेपछि चाहेर पनि जान नसक्ने अबस्था आउन सक्छ भन्दै मन्त्रालयले जिम्मेवार व्यक्ति तथा प्राविधिकहरु आफ्नो स्थान मा सुरक्षित पुगेर ब्याकअप योजना सहित संभावित विपदका लागि तयार हुन सूचित गरिएको हो ।
मन्त्रालयले खासगरी नागढुंगा मुग्लिंग सडक, मुग्लिंग नारायणगढ, विपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्तीलोकपथ दाउन्ने क्षेत्रलगायतका सडकहरुमा बढी तयारी हवस्थामा रहनुपर्ने निर्देशन गरेको छ ।

United long banner ad
Prev Post

जोखीम हेरेर सडक बन्द गराउन आग्रह

Next Post

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

post-bars

Leave a Comment