Back To Top

September 14, 2025

मन्त्री परिषदमा आउने भए कुलमान

Global Ime Bank AD

काठमाडौं  — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अधिवक्ता ओमप्रकाश अर्याल गृह र कानुनमन्त्री बन्ने भएका छन् । कार्की नेतृत्वको अन्तरिम सरकारमा अधिवक्ता अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारीसहित सामेल गराउन लागिएको हो । उनी जेनजी समूहको तर्फबाट वार्तामा सहभागी भएका थिए । स्रोतका अनुसार तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । नयाँ मन्त्रीको शपथ सोमबार हुने भएको छ ।

 

Global Ime Bank
Prev Post

राष्ट्र बैंकले १२० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

Next Post

खनालले मन्त्री बने वापत कुनै सरकारी सुविधा नलिने

post-bars

Leave a Comment