Back To Top

September 16, 2025

मेरो तलब भत्ता शहीदका लागिः कुलमान

Global Ime Bank AD

काठमाडौं।

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै ऐतिहासिक घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले आफू कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो नाममा हुने तलब तथा भत्ता शहीदहरूको सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

मन्त्री घिसिङले सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै पनि सुविधा नलिने स्पष्ट पारे । उनले भने, “राजनीतिक जिम्मेवारी सेवाभावका साथ निर्वाह गर्न आएको हुँ, सुविधाका लागि होइन । त्यसैले तलबभत्ता समेत शहीदहरूको सहयोग कोषमा दिने निर्णय गरेको छु ।”

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

पदभार ग्रहण भाषणमा मन्त्री घिसिङले भ्रष्टाचारविरुद्ध दृढ अडान व्यक्त गरे । उनले भने, “शून्य सहनशीलता अपनाइने छ । भ्रष्टाचार नियन्त्रण मात्र होइन, यसलाई निर्मूल गर्नुपर्छ । अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही हुन्छ । भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो ।”

उनले पारदर्शितामा कुनै प्रश्न उठेमा आफूलाई सिधै सम्पर्क गर्न सबैलाई आग्रह गरे ।

सही मान्छे सही ठाउँमा

मन्त्री घिसिङले आफ्नो प्राथमिकतामा संस्थागत सुधार र कार्यक्षमता वृद्धिलाई राख्ने बताए । उनले भने, “सही मान्छे सही ठाउँमा राख्ने मेरो नीति हो । यसमा कुनै सम्झौता हुने छैन । दक्ष र ईमानदार जनशक्ति नै सुधारको आधार हो ।”

घिसिङले यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरेर जनविश्वास जितेका थिए । त्यसैले उनको यो घोषणाले ऊर्जा क्षेत्रमा मात्र होइन, समग्र सरकारको कार्यशैलीमा पनि नयाँ संस्कार सुरु गर्ने अपेक्षा गरिएको छ ।

Global Ime Bank
Prev Post

युवाआन्दोलनले ल्याएको परिवर्तनलाई एनसेलको स्वागत

Next Post

कोरलानाकाबाट विद्युतीय सवारीसाधन आयात सुरु

post-bars

Leave a Comment