कुलेखानी भरिन थाल्येा सजग रहन तल्लेा तटिय जनतालाई आग्रह
नेपाल विध्युत प्राधिकरणकेा एक मात्र जलाशययुक्त जलविद्युत उत्पादन केन्द्र कुलेखानीको ईन्द्र सरेावर जलाशयदेखि तलका जनतालाइ सचेत हुन सुचित गरिएकेा छ ।
नेपाल विध्युत प्राधिकरणले पानीकेा उच्च चापका कारण वांधकेा ढेाका खेाल्ने अवस्था रहेकेा भन्दै सचेत र सतर्क हुन आग्रह गरेकेा छ ।
शुक्रबार विहान ९ बजे १५२५ मिटरमा रहेको पानीको सतह अहिले ५ बजे १५२६• ७७ मिटर र सतह बढदै गएकेा छ । बाधले १५३० मिटर थेग्ने भए पनि सरक्षाका लागि त्यसपहिले नै खेाल्नु पर्ने आयेाजनाले सुचित गरेकेा छ ।
आज राती वा भोली बिहानतिर गेट खोलेर पानी छोड्नुपर्ने अवस्था पनि आउनसक्ने भएकोले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई सतर्क र सुरक्षित रहन गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाले आग्रह गरेकेा छ ।