कीर्तिपुर वितरण केन्द्र पुरष्कृत
काठमाडौ,
नेपाल विद्युत प्राधिकरणको कीर्तिपुर वितरण केन्द्र कार्यासम्पादनमा उत्कृष्ट २५ कार्यायलमा पर्न सफल भएको छ । प्राधिकरणको ३९ओै वार्षिकोत्सबको अवसरमा शनिबार सो कार्यालयलाई पुरष्कृतसमेत गरिएको छ ।
उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा ने वि प्रा उच्च व्यवस्थापनको मुल्यांकनमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयको रुपमा नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्र पुरस्कृत भएको वितरणकेन्द्रका लेखा अधिकृत सन्तोष गौतमले जानकारी दिए ।
बक्यौता असुलीको लक्ष्य पुरा गरेको, विद्युत् चुहावट नियन्त्रण लक्ष्य भन्दा बढी प्राप्त गरेको कुनै पनि ट्रान्सफर्मर जल्न नपाएको र लिलामी कार्य प्रभावकारी ढँगले सम्पादन गरेको लगायतका आधारमा सो कार्यालय देशैभरका उत्कृष्ट २५ भित्र पर्न सफल भएको उनले बताए ।