Back To Top

December 21, 2025

सञ्चारमन्त्रीका तीन महिनामा तीस काम

Global Ime Bank AD
Insourance

काठमाडौँ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा ३० प्रमुख उपलब्धी हाशिल भएको दावि गरेका छन् ।

मन्त्री खरेलले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिएको तीन महिनामा ३० महत्वपूर्ण उपलब्धी भएको बताएका हुन् । उनका अनुसार तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धि प्राप्त भएका छन् । ।

उनले भने, धेरै चुनौतिकाबीच यति मुख्य उपलब्धी हाशिल भएको छ । आगामी दिनमा इमान्दारिकता साथ काम गरिन्छ ।”

यसअवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामदेखि दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच, सगरमाथाको आधार शिविरमा फोरजी सेवा विस्तारसम्मका महत्वपूर्ण काम भएको उनको भनाई छ ।

सञ्चारमन्त्री खरेलले तीन महिनाको अवधिमा आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, एनटिभि वल्र्डको शुभारम्भ, स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थपसहित ४६ भाषामा समाचार तथा रेख रचना प्रकाशन भएको जानकारी दिए ।

यस्तै दूरसञ्चार क्षेत्रमा निःशुल्क वाइफाई इन्टरनेट तर्फ काठमाडौँ उपत्यकाका १९ वटा सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि पक्रिया अघि बढाइएको बताए ।

सुदूरपश्चिम प्रदेशमा १५ वटा वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि,जेनजी डाटा प्याक कार्यान्वयन, एभरेष्ट वेस क्याम्पमा फोरजी सेवा विस्तार लगायतका कार्य सम्पन्न गरिएको पनि मन्त्री खरेलले बताए ।

सञ्चार मन्त्री खरेलले जेन्जी घाइते पत्रकार सम्मान, जेनजी आन्दोलन क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका उपलब्धिहरू सार्वजनिक गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएको बताए । उनले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले भने, “मुलुक अहिले निर्वाचनमा होमिसकेको अवस्था छ । सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ । सबै राजनीतिक दल, निर्वाचन आयोग र जनता सबैतिर अहिले निर्वाचनको वातावरण छाएको छ ।”

सञ्चारमन्त्री खरेलले सरकारले जेनजी आन्दोलनको भावनाअनुसार सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको बताए । उनले अगाडि थपे, ‘आगामी फागुन २१ गते निर्वाचनको हुने वातावरण बनिरहेको छ । त्यसको साथै सुशासनलाई आत्मासात गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले काम अघि बढाएको छ ।

भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरु भइ नै रहेको छ । सरकार समग्रमा यो नागरिक सरकार भएको कारणले जेन–जी आन्दोलनको मर्म अनुसार अघि बढेको म जानकारी गराउन चाहन्छु ।”

United long banner ad
Prev Post

जेन जी आन्दोलनले २३ अर्ब ४४ करोड रुपैयाँको विमा दाबी

Next Post

सिद्धबाबा सुरुङकाे निर्माण ६५ प्रतिशत सम्पन्न

post-bars

Leave a Comment