Back To Top

October 19, 2024

विपतले बिग्रिए काभ्रेका १७० विद्यालय

Global Ime Bank

काभ्रेपलाञ्चोक
गत असोज ११ र १२ गतेको बाढीपहिरोका कारण काभ्रेपलान्चोकका १७० वटा विद्यालयमा क्षति पुगेको जनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलान्चोकका अनुसार जिल्लाका १२ वटा स्थानीय तहका अधिकाँश क्षतिग्रस्त विद्यालयमा पठन पाठन हुन सकेको छैन ।

यो दशै तिहारपश्चात विद्यालय सूचारु गर्ने गरी स्थानीय निकायको सकृयतामा मर्मत संहारको काम भइरहेको जनाइएको छ । प्राप्त विवरण अनुसार धेरै जसो विद्यालय पूर्ण रूपमा क्षति, केही विद्यालयमा छाना खस्ने, घेरा पर्खाल ढलेको, विद्यालय नजिक पहिरो आएको, केही विद्यालयको कक्षाकोठामा बाढी पसेकोलगायतको क्षतिको विवरण देखिएको छ ।

क्षति हुनेमा पनौती नगरपालिकामा १५ वटा विद्यालय,, पाँचखालमा १२, मण्डनदेउपुरमा ९ , धुलिखेलका २८, नमोबुद्धका १४ र वनेपा नगरपालिकाका तीन वटा विद्यालय रहेका छन् ।

इकाइमा प्राप्त विवरण अनुसार भुम्लु गाउँपालिकाका १०, चौरीदेउरालीका २८, तेमालका सात , रोशीकाका १३, खानीखोलाका चार र बेथानचोकका २६ वटा विद्यालयमा क्षति पुगेको छ ।

बाढीपहिरोले विद्यालयको भवन, शौचालय, खानेपानी, खेलकुद मैदान, घेराबार, कक्षाकोठामा क्षति गरेको छ ।

क्षति भएका विद्यालयहरूको तथ्याङ्क एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) मा प्रविश्ट गरी आवश्यकता अनुसार अस्थायी सिकाई केन्द्र वनाउने तयारी पनि भइरहेको जनाइएको छ ।

Prev Post

अर्थ मन्त्रालयको कार्यप्रगति सार्वजनिक

Next Post

मनकामना केबलकार नियमित सञ्चालनमा

post-bars

Leave a Comment