Back To Top

September 27, 2024

बढ्न थाले काठमाडौका नदी, उच्च सतर्कता अपनाउन आग्रह

Global Ime Bank AD

काठमाडौ,
बिहीबार राति देखि निरन्तर परेको झरीका कारण काठमाडौ उपत्यकाका मूख्य नदी तथा खोलाहरु बढ्न थालेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

विभागले शुक्रबार ११ बजेपछि वर्षाको मात्रा बढेको भन्दै पछिल्लो तीन घण्टामा बाग्मती, विष्णुमति हनुमन्ते मनोहरा धोबी खोला सतर्कताको तहमा पुगिसकेको छन् ।
विभागले वर्षा र नदीमा पानीको बहाव बढ्दो क्रममै रहने भन्दै उपत्यकाका नदी तटिय क्षेत्रमा यात्रा गर्ने तथा आवाशीय हरुलाई उच्च सर्तकता अपनाउन आह्वान गरेको छ ।

विभागले विहीबार साँझ विशेष बुलेटिन जारी गर्दै शुक्रबार र शनिबार तथा आइतबार सम्म पनि देशका विभिन्न नदिमा जलप्रवाह बढ्ने भन्दै तटीय क्षेत्रका जनतालाई पूर्व सूचित गरेको छ ।

तीन दिने निरन्तर वर्षालाई मध्य नजर गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राती रात्रिकालीन यातायात सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

महासाखाले सार्वजनिक गरेको विवरण अनुसार शनिबार बागमति नदी पँधेरा दोभान र नारायणीको देवघाटमा अति उच्च जोखीम रहेको औल्याएको छ ।

शनिबार अति उच्च जोखीम देखिएका नदिहरुमा पश्चिम राप्ती र कुसुम खोलालाई राखिएको छ । पश्चिमकै बबई र चेपाड नदिमा शनिबारका लागि अति उच्च जोखीम राखिएको छ । शुक्रबार अति उच्च जोखीम नभए पनि अति उच्च जोखिमका नदी क्षेत्रमा नारायणी देवघाट, कन्काइ मैनाचुली, कमला नदी बेलसोत र बागमति पँधेरा दोभान छन् ।
जल तथा मासम विज्ञान विभागले विहीबार विशेष बुलेटिन जारी गर्दै शुक्रबार शनिबार र आइतबार देशभर बदली हुने केहि स्थानमा अतिभारी वर्षाको विवरण सार्वजनिक गरेको थियो ।
प्राधिकरणले वाढीको खतराबाट बच्न पूर्व तयारीका काम गर्न भन्दै धानबाली नकाट्न काटेको भएर तत्काल थन्क्याउन र तराई मधेशमा भूइतलामा अन्नबाली नराख्न आग्रह गरेको छ ।
बाढी पूर्वानुमान महासाखाले जारी गरेको बिशेष बुलेटिनमा उल्लेखित खतराको तह पार गर्ने नदी तटमा अति उच्च सर्तकता अपनाउन सूचित गरको छ ।
यसैबीच वर्षातका कारण हुन सक्ने संभावित विपतको अवस्थालाई ध्यानमा राख्दै शसस्त्र प्रहरी बलले आफ्नो विपत उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।

Global Ime Bank
Prev Post

हरितमैत्री लगानीमा अगाडी बढ्नुसः गभर्नर अधिकारी

Next Post

कुलेखानी भरिन थाल्येा सजग रहन तल्लेा तटिय जनतालाई आग्रह

post-bars

Leave a Comment