Back To Top

July 19, 2025

कर्णाली डेभलपमेन्ट बैंक अनियमिततामा राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

Global Ime Bank AD

काठमाडौं ।

कर्णाली डेभलपमेन्ट बैंकमा भएको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई काठमाडौंको टोखाबाट शुक्रबार पक्राउ गरेको छ ।
वित्तीय अवस्था खराब रहेको बैंकलाई ठिक छ भनेर प्रतिवेदन बनाएको भन्दै बस्नेतलाई पक्राउ गरेको स्रोतको भनाइ छ । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको अनियमितता अन्य धेरै ब्यक्ति पक्राउ पर्नसक्ने बताइएको छ ।

बैंकको वित्तीय अवस्था गम्भीर हुँदा पनि अनुगमन अधिकृतका रूपमा रहेका बस्नेतले ठिक रहेको भन्दै प्रतिवेदन दिएको पाइएको छ । यसअघि सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

बैंक घोटाला प्रकरणमा भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, नीरजविक्रम शाहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बस्नेट्टलाई पनि थप अनुसन्धानका लागि नेपालगन्ज पठाउने बताइएको छ ।

Global Ime Bank
Prev Post

आइक्यानद्वारा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन पुरस्कृत

Next Post

जलविद्युत् आयोजनामा बाढीको पूर्वतयारीका लागि आग्रह

post-bars

Leave a Comment