Back To Top

September 10, 2024

सञ्चयकोषमा जनशक्ति थप्न आवश्यक छैन: अर्थमन्त्री

Global Ime Bank AD
Insourance

काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभइ उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न आग्रह गरे ।

दक्ष र क्षमतावान जनशक्ति लिएर काम गर्न र प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको बताए। कर्मचारी सञ्चयकोषको अवस्था सहि ढंगले चलेको उल्लेख गर्दै कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह गरे ।

उनले कर्मचारीलाई सेवा सुविधा,मर्यादा,इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्नेगरी ढोका खोलिदिनुपर्ने बताए। पौडेलले कोषमा ५ सय दरबन्दी धेरै भएपनि अहिले ३७१ जनाले काम गरिराखेको भन्दै थप जनशक्ति थप्न आवश्यक नदेखिएको उल्लेख गरे ।

उनले भने, ‘कर्मचारी सञ्चय कोषको अवस्था ठिकै ढंगले चलेको जानकारी पाए । राम्रो काम गर्नका लागि कुनै पनि सीमा तोकिएको छैन । तपाईहरुले कति धेरै काम गरेपछि चित्त बुझाउँनुहुन्छ । त्यसकारण राम्रो गर्नुभएको छ, राम्रो गर्नुस् । सञ्चयकर्ताहरुले यो संस्थामाथि भरोसा गरेको छ । संस्थाको सबैभन्दा ठुलो भरोसा भनेको पनि सञ्चयकर्ता हो । उनीहरुको विश्वास संस्थाप्रति सवल हुँदै जानेगरी संस्थाले काम गर्नुपर्छ ।’

 कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको बताए ।

उनले भने, ‘सञ्चय कोषमा सञ्चयकर्ताहरुले कोषमाथि भरोसा गरेका हुन्छन् । कोषको सबैभन्दा ठूलो आधारमा र भविष्य भनेको सञ्चयकर्ताहरु नै हो । सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी प्रतिदिन विश्वासलाई बलियो बनाउँदै जाने गरी कोषले काम गर्नुपर्छ ।‘

 

United long banner ad
Prev Post

अति लोपोन्मुख गिद्धको बासस्थलमा मानव सदरमुकाम

Next Post

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

post-bars

Leave a Comment