Back To Top

November 14, 2024

निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता

Global Ime Bank AD
Insourance

काठमाडौं ।

\निक्षेप तथा कर्जा सुरक्षण कोष र  जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र जीवन विकासका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै जीवन विकास लघुवित्त वित्तीय संस्थाले लघु व्यवसायका लागि सदस्यहरुलाई बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति रु. दश लाखसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति रु. बीस लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा संस्थाले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले पचहत्तर प्रतिशत भुक्तानी दिनेछ ।

कर्जाको सुरक्षण शुल्क बार्षिक शुन्य दशमलव आठ प्रतिशत रहेको, जसमध्ये पचास प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरुप कोषमा प्राप्त हुनेछ ।
United long banner ad
Prev Post

जारी भइसकेकै बिलका आधारमा बक्यौता असुली हुन्छः घिसिङ

Next Post

व्यवसाय र नाफा दुवै बढाउँदै आइएमई लाईफ

post-bars

Leave a Comment