Back To Top

October 30, 2025

विपी राजमार्ग मर्मत गर्न जापानले अनुदान दिने

Global Ime Bank AD

काठमाडौं ।

बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको विपी राजमार्गको पूनर्निर्माण तथा मर्मतका लागि जापान सरकारले अनुदान उपलब्ध गराउने भएको छ । जापान सरकारकै अनुदानमा बनेको सो राजमार्ग पुनःनिर्माण तथा मर्मतका लागि विहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ ।

संझौता अनुसार सडक खण्डका विभिन्न क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापानले २ अर्ब ६ करोड रुपैयाँ बराबरको अनुदान सहायता नेपाल सरकारलाई दिनेछ ।

गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थियो । गत असोजको बाढीले पनि थप क्षति पुराएको थियो । विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएको छ । अहिले अस्थाई बाइपासमार्पmत यातायात सञ्चालन हुने गरेको छ ।

अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत तोरु माएदाले हस्ताक्षर गरे ।

महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म १५९ किलोमिटर लामो यो राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो ।

हस्ताक्षर समारोहमा अर्थमन्त्री रामेश्वर खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक(सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर र्पुयाउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले मर्मतका लागि प्राप्त यो अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको पनि टिप्पणी गरे ।

राजदुत माएदाले जापानले प्रदान गरेको यो अनुदान सहयोगले विपी राजमार्गका क्षतिग्रस्त भागहरू पुनःस्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको अझै बलियो बन्दै जाने विश्वास व्यक्त गरे ।

Global Ime Bank
Prev Post

मलेसियाले तोक्यो कामदार लिन नयाँ सर्त

post-bars

Leave a Comment