Back To Top

June 7, 2025

जगदुल्ला हाइड्रोको ठेक्का रोक्न लेखासमितिको निर्देशन

Global Ime Bank AD
Insourance

काठमाडौ ।

सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई तत्काल ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । समितिको हिजो बसेको ४३ औं बैठकले जगदुल्लामा आशयपत्र प्रस्ताव गर्ने कम्पनीले नक्कली वा धोकाधढीयुक्त कागजात/प्रमाण पेश गरेको भन्दै ती कागजातको परीक्षण तथा छानबिन गरी निष्कर्षमा पुग्न ऊर्जा मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र जगदुल्ला हाइड्रोपावर कम्पनीलाई निर्देशन दिएको हो ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत् निर्माणका लागि आव्हान भएको ठेक्कामा दुई चिनियाँ कम्पनी प्राविधिक रुपले छनौट भएका थिए । ती दुईमध्ये ज्याङ्सी (नेपाली साझेदार अनक कन्स्ट्रक्सन) ले अस्तित्वमै नभएको जलविद्युत् आयोजना बनाएँ भन्दै ‘प्रमाण’ पेश गरेको आरोप लागिरहेको छ।  उक्त आयोजनाको ठेकेदार छनौटमा अनियमितता भएको भन्दै हिजै सर्वाेच्च अदालतमा परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलसासले कारण देखाऊ आदेश जारी  गरी रिटलाई अग्राधिकार दिएको छ ।

जगदुल्लाको सिभिल र हाइड्रो मेकानिकलको ठेक्का (इपीसी) मा सय मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको अनुभव हुन्ुपर्ने मुख्य शर्त थियो । उक्त शर्त पूरा गर्न ज्याङ्सीले हेजाउ साङचेङ पावर कमपनी लिमिटेडको कौफय गोर्ज लोअर (७५० मेगावाट) बनाएको नक्कली कागजात पेश गरेको थियो । जगदुल्ला हाइड्रोपावर कम्पनीले ज्याङ्सीले नक्कली कागज/प्रमाण पेश गरेको जान्दाजान्दै पनि उसैलाई ठेक्का दिन प्रक्रिया अघि बढाएको आरोप छ  ।

United long banner ad
Prev Post

साढे तीन घण्टामा पोखरा-मुक्तिनाथ केबुलकार सरर…

Next Post

वातावरण दिवसमा ग्लोबलआईएमईको वृक्षारोपण

post-bars

Leave a Comment