इप्पान पावर समिट असोज १ र २ गते

काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले असोज १ र २ गते ‘पावर समिट–२०२५’ आयोजना गर्ने भएको छ । इप्पानले ‘मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ नाराका साथ पावर समिट आयोजना गर्न लागेको हो ।
बिहीबार पत्रकार सम्मेलन गरेर इप्पानले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य राखेर पावर समिटको आयोजना गर्न लागिएको जनाएको छ ।
सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने ऊर्जा विकास मार्गचित्र, २०८१ अघि सारेको सन्दर्भमा आगामी असोजमा अन्तर्राष्ट्रियस्तरको पावर समिट आयोजनाको तयारी गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
