Back To Top

January 2, 2025

इप्पानले रजत जयन्तीमा फोटो प्रदर्शनी गर्ने

Global Ime Bank

काठमाडौ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा मनाउन लागिएको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्न इप्पान र पीजे क्लवबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।बुधवार इप्पान अध्यक्ष गणेश कार्की र पीजे क्लवका अध्यक्ष द्वारिका प्रसाद काफ्लेबीच सम्झौतापत्र आदान प्रदान भएको छ ।

इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आवद्ध ऊर्जा उत्पादक कम्पनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पीजे क्लवका अध्यक्ष द्वारिका काफ्लेले बताए । जस अनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरुले पठाएको फोटोलाई पीजे क्लव र इप्पानका प्रतिनिधि सहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरि प्रदर्शनीमा राखिनेछ । यसमा आउने तस्वीरहरुबाट उत्कृष्ट प्रथम, द्धित्तिय र तृतिय हुने तस्वीरलाई क्रमश ः३०,२० र १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिनेछ ।

फोटो प्रतियोगितामा भाग लिनको लागि यहि पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरु पठाइसक्नुपर्ने छ । त्यस्तै रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियो÷वृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिएकोले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ । त्यसको लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्ने छ ।

 

 

Prev Post

सन् २०२४मा नेपाल भित्रिए साढे ११ लाख पर्यटक

Next Post

ग्लोबल आइएमई बैंक अव अझै डिजीटल र प्रविधिमैत्री

post-bars

Leave a Comment