सान्भी इनर्जीको आईपीओ आवेदन खुला

काठमाडौं ।
सर्वसाधारणका लागि सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) शुक्रबारदेखि आवेदन खुलेको छ ।
सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।
कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेकोमध्ये २४ लाख १५ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी हुन लागेको हो
सान्भी इनर्जीले इलामको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजनाबाट कम्पनीले आम्दानी गरिरहेको छ । जसको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ छ ।
साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ । केयर रेटिङ्सबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जुन रेटिङले जोखिम मध्यमस्तरमा रहेको जनाउँछ ।
गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ , प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा र १२ करोड रुपैयाँ सञ्चित नोक्सानी छ ।
