Back To Top

March 18, 2026

उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह

Global Ime Bank AD
Insourance

काठमाडौं ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

नागरिक लगानी कोष को ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै खनालले हाल ब्याजदर घटेको र वित्तीय प्रणालीमा लगानीयोग्य स्रोत पर्याप्त रहेको अवस्थामा त्यसलाई पूर्वाधार तथा दीर्घकालीन आयोजनामा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए ।

अर्थमन्त्री खनालले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता ठूला परियोजनामा सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत लगानी बढाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँले निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन शीघ्र ल्याउनुपर्ने धारणा राखे ।

उहाँले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धिको दबाब आउन सक्ने चेतावनी दिँदै त्यसका लागि सरकार सजग रहनुपर्ने बताउनुभयो। “अहिले शोधनान्तर र चालु खाता बचतमा छन्, राजस्व पनि बढ्दो छ, धेरै आर्थिक सूचक सुधारोन्मुख छन्,” उनले भने, “अब लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण बनाउनुपर्ने बेला हो।”

सरकारी स्वामित्वका संस्थाहरू प्रायः समस्याग्रस्त हुने गरेको उल्लेख गर्दै उहाँले नागरिक लगानी कोषले भने व्यावसायिक सफलता हासिल गरेको बताए । साथै, नेपाल वायुसेवा निगम मा कोषबाट लगानी गरिएको करिब रु २२ अर्ब ऋण असुलीका लागि नीतिगत समाधान खोज्नुपर्ने पनि उनकाे भनाइ थियो ।

United long banner ad
Prev Post

इन्धन संकट टार्न श्रीलङ्कामा बुधबार पनि विदा

post-bars

Leave a Comment