Back To Top

January 11, 2025

लगानी प्रवर्दन गर्न ल्याईयेा अध्यादेश

Global Ime Bank

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने भएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ध्यादेशमार्फत् गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरेको हो ।

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको हो ।
१० वर्षका लागि भिसा शुल्क छुट

गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् ।

सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधनको तयारी गरेको छ ।

आईटी कम्पनीलाई सहज

सरकारले नेपाली आइटी कम्पनीले विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने कानुनी व्यवस्था अध्यादेशमार्फत गर्दैछ ।

अध्यादेशमा नेपाली आइटी कम्पनीले विदेशमा शाखा कार्यालय खोल्न पाउने व्यवस्था पनि गरिएको छ ।

अध्यादेशमा सरकारी कार्यालयमा सात दिन भित्र फाईलकेा निर्णय हुनुपर्ने प्रावधान राखिएकेा छ ।

मन्त्रीपरिषदले पास गरेकेा अध्यादेश राष्ट्रपति समक्ष पेश भई स्विकृति पश्चात कार्यान्वयनमा आउनेछ ।

 

 

Prev Post

बीमा क्षेत्रको पूँजी विकासमा परिचालन आवस्यक:ढकाल

Next Post

कुलमानले बुझाए स्पष्टिकरण कासमुमा ९९ प्रतिशत दावी

post-bars

Leave a Comment