हरितमैत्री लगानीमा अगाडी बढ्नुसः गभर्नर अधिकारी
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाईआफ्ना बैंकबाट हुने लगानी हरित अर्थतन्त्रमैत्री हुनु पर्ने मान्यतामा अग्रसर हुन आग्रह गरेका छन् ।
नेपाल बैंकर्स एशोसिएशन र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपालले आयोजना गरेको जलवायु वित्त र जलवायु वित्तको मापदण्ड(ट्यान्सोनोमी) सम्बन्धी सम्मेलनको उद्धाटनका क्रममा विहीबाउनले लगानीले निम्त्याउन सक्ने वातावरणीय पक्षमा पार्ने जोखीमका बारेमा सचेत हुनु पर्ने समेत औल्याए ।
सरकारले निर्धारण गरेको क्षत्रमा र वातावरणमत्री लगानी गर्न नजाने छुट नहुने उनको भनाइ थियो । वातावरणीय जोखिम न्यूनिकरण सबैको साझा दायित्व रहेको भन्दै गभर्नर अधिकारीले यसमा लगानी जोखीमको बहाना मात्र गर्न नहुने धारणा राखे ।
जोखिम भएको क्षेत्रमा लगानी गर्न नजाने कुरा सजिलो भएपनि त्यसमा नगई सुखै नभएको बताए ।