Back To Top

April 20, 2025

सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साईकुमार शर्मा र श्याम भण्डारी चयन भएका छन् । साथै महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन् । साथै सदस्यहरूमा उद्धव श्रेष्ठ, फणिन्द्र पन्थ, लक्ष्मण सापकोटा, राम सेन, वरुण सिंह चयन भएका छन् ।

संस्था बोर्ड सदस्यहरुमा लाबहादुर कौशल (एलबी), वासुदेव भुसाल, रेशमबहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्णहरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमरदीप कार्की, दीपक भुसाल, बिनोद सोनी, बिमल कार्की, टेक खनाल, गोविन्द राई, रामकुमार जोशी, प्रकाशबुढा थोकी, बेदप्रसाद अधिकारी रहेका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अरुण अधिकारीले समाजले विश्वभरि फैलिएका नेपाली सेफहरूलाई एकीकृत गर्दै नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि, र सेफहरूको व्यक्तिगत तथा व्यवसायिक विकासमा प्रतिबद्धतापूर्वक कार्य गर्नेमा जोड दिए । उनले भने, “हामी संस्थागत रूपमा अगाडि बढ्दै, नेपाली सेफहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै, नेपाली खानालाई विश्व व्यञ्जनमा स्थापित गर्न लागि पर्नेछौं ।”

 

United long banner ad
Prev Post

तातोपानीबाट भित्रिए सात अर्वका इभी

Next Post

भारतका विद्युतमन्त्री नेपाल आउने

post-bars

Leave a Comment