Back To Top

January 14, 2026

वाणिज्य बैंकहरुले घटाए माघका लागि ब्याजदर

Global Ime Bank AD
Insourance

काठमाडौँ : माघ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाको अन्तिम दिन आज बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।  पुस महिनाको तुलनामा वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.६८ प्रतिशतमा झरेको छ। पुस महिनामा यो दर ४.८३ प्रतिशत रहेको थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले माघ महिनामा ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंकले दिने भएको छ। बैंकले अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ।

यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ब्याजदर तोकेको छ। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.३६ प्रतिशतसम्म मात्र ब्याज दिने जनाएको छ।

बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएकाले पछिल्लो समय ब्याजदर क्रमशः घट्दो क्रममा रहेको विश्लेषण गरिएको छ।

 

United long banner ad
Prev Post

सोलु हाइड्रोको आइपीओ खुला

Next Post

एसबीआई बैंक लुट्ने चार व्यक्ती पक्राउ

post-bars

Leave a Comment