Back To Top

November 16, 2025

वाणिज्य बैंकहरूले घटाए ब्याजदर

Global Ime Bank AD
Insourance

काठमाडौँ

मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले प्रकाशित गरेका ब्याजदर सूचीअनुसार कात्तिकको तुलनामा औसत ब्याजदर थप घटेको छ ।  वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको पाइएको हो ।

कात्तिकमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिरमा ५.०४०५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ग्लोबल आईएमई बैंकले ६ प्रतिशतमा निर्धारण गरेको छ, जसलाई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि लागू गरेको हो ।

कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने १० बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एशिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक छन् । स्थिर राख्ने बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक परेका छन् ।

अहिले बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि केही बढी ब्याजदर प्रदान गर्दै आएका छन् । धेरै बैंकले ५ वर्षभन्दा माथिको अवधिका लागि उच्चतम ब्याजदर उपलब्ध गराउँछन् ।

व्यक्तिगत मुद्दतीको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपमा पनि ब्याजदर स्वतः घट्ने प्रवृत्ति हुन्छ । निक्षेपको ब्याजदर घट्दा आधारदरमा प्रभाव पर्ने भएकाले कर्जाको ब्याजदर पनि कम हुँदै जान्छ ।

 

United long banner ad
Prev Post

विदेशी मुद्राको सञ्चिति पौने ३० खर्ब माथि

Next Post

विद्युत् नियमन आयोगले दिएन अन्तरिम आदेश

post-bars

Leave a Comment