Back To Top

September 18, 2025

२० अर्ब ७० करोड रुपैयाँको प्रारम्भिक बीमा दावी

Global Ime Bank AD
Insourance

काठमाडौं ।

गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल १९८४ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार द ओरियण्टल इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा कुल पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ४० वटा दावी परेका छन् ।

सर्वाधिक बीमा दावी पर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट २५८ वटा दावी बापत चार अर्ब ९३ करोड २२ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।

साथै, शिखर इन्स्योरेन्स सर्वाधिक बीमा दावी पर्ने कम्पनीको सूचीमा तेस्रो नम्बरमा रहेको छ । भदौ ३१ गतेसम्म कम्पनीमा ३६६ वटा दावी बापत कुल दुई अर्ब ३९ करोड चार लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।

जेन–जी आन्दोलनले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दावी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दावी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दावी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दावी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दावी बापत ७८ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दावी बापत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दावी बापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

नेपाल इन्स्योरेन्समा ७९ वटा दावी बापत ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १५१ वटा दावी बापत ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योेरेन्समा ६९ वटा दावी बापत १९ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दावी बापत ६ करोड ८२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।

साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दावी बापत एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ६ वटा दावी बापत ६७ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दावी बापत ५६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दावी बापत ४२ लाख रुपैयाँको बीमा दावी परेको छ ।

नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

 

United long banner ad
Prev Post

सेयरबजारमा उच्च अङ्कले गिरावट

Next Post

बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ

post-bars

Leave a Comment