Back To Top

November 9, 2024

इन्फोडिवेलपर्सलाई डिजिटल गभर्नमेन्ट अवार्ड 

Global Ime Bank
टोकियो, जापान – नेपालको सूचना प्रविधि कम्पनी इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन-आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशन को आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा प्राइभेट सेक्टर श्रेणीमा ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको हो ।
इन्फोडेभलपर्सका संस्थापक तथा मार्केटिङ, इनोभेसन तथा स्टार्टेजी निर्देशक उमेश रघुवंशीलाइ अवार्ड हस्तारन्तरण गर्दै सम्मानित गरिएको हो । नेपालमा सरकारी सेवाहरूको डिजिटल रूपान्तरणमा इन्फोडिवेलपर्सको उल्लेखनीय योगदानको कदर गर्दै विशेषगरी गभर्नमेन्ट टु बिजनेस (जीटूबी) र गभर्नमेन्ट टु सिटिजन (जीटूसी) अन्तरक्रियामा सुधार ल्याउनका लागि कम्पनीले गरेको योगदानको लागि प्रदान गरिएको हो।
एसोसियो एसियाका २४ राष्ट्रहरुको सूचना प्रविधिका संस्थाहरुको अन्तराष्ट्रिय महासंघ हो। संस्थाले हरेक वर्ष उत्कृष्ट कार्य गर्ने संस्था, कम्पनी तथा व्यक्तिहरूलाइ सम्मान गर्ने गरेको छ ।यो पुरस्कार एसोसियो डिजिटल सम्मेलनमा प्रदान गरिएको हो ।
सम्मेलनमा एशिया-प्यासिफिक क्षेत्रका डिजिटल प्रविधिका उद्योगको नेतृत्वहरू, नवप्रवर्तकहरू र विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलन डिजिटल क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूको सम्मान गर्ने मञ्चको रूपमा स्थापित छ ।
इन्फोडिवेलपर्सको पहिचान नेपालमा सार्वजनिक क्षेत्रको डिजिलाइजेसन गर्ने प्रणालीहरूको सेवा प्रदान गर्दै आएको छ । कम्पनीले उन्नत फिनटेक र आईसीटी समाधानहरूले सरकारी प्रणालीसँग एकीकरण गरेर सार्वजनिक सेवाहरूमा दक्षता, पारदर्शिता र पहुँचमा सुधार ल्याउदै आइएको छ ।
Prev Post

धारापानी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

Next Post

भैरहवाबाट शनिबार तीन अन्तर्राष्ट्रिय उडान

post-bars

Leave a Comment