Back To Top

July 9, 2025

परिसंघद्धारा उद्यामी तथा कर्मचारी पुरस्कृत

Global Ime Bank AD

काठमाडौ ।
नेपाल उद्योग परिसंघले आफ्नो साधारण सभामा विभिन्न विधामा उद्यमीलाई सम्मान गरेको छ । मंगलबार आयोजित साधारण सभा समुद्घाटन समारोहमा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।

समारोहमा सीएनआई प्रेसिडेन्ट अवार्डबाट परिसंघका पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्योगी शतिस कुमार मोर सम्मानित भए। सो अवसरमा परिसंघबाट निर्यातमा योगदान गर्ने संस्था तथा कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो । साफ्टाअन्तर्गत हुने निर्यातमा योगदान दिने आर.एम.सी. फुडस् प्रा.लि., गणपति वनस्पति लिमिटेड, नारायणी वेल रिभाइनरी उद्योग प्रा.लि. सम्मानित भएका छन् । यसैगरी तेस्रो मुलुकतर्फ निर्यातमा योगदान दिने नेपाल एक्प्रेस पार्सल एण्ड लजिष्टिक प्रा.लि., एसेन्ट् एक्र्पोट्स प्रा.लि., स्मुथ कार्गो मुभरर्स प्रा.लि. सम्मानित भएका छन् ।

यस्तै इन्डो नेपाल अन्तर्गत हुने निर्यातमा योगदान दिने आरती स्ट्रीप्स् प्रा.लि., रिलायन्स स्पिनिङ मिल्स् लिमिटेड र शिवम् प्लाष्टिक इन्डष्ट्रिज लिमिटेड सम्मानित भएका छन् ।

यसैगरी सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य अवार्ड गोपाल अग्रवाल, परिसंघ अन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समिति अवार्ड सूचना प्रविधि परिषद्ले प्राप्त गरेका छन् ।

यसैगरी सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड बागमती उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड निर्देशक हिमाल पौडेलले प्राप्त गरे ।

 

Global Ime Bank
Prev Post

लघुजलविद्युतको बाँध र विद्युतगृह बगायो

Next Post

२३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध

post-bars

Leave a Comment