Back To Top

September 13, 2025

उद्योगी व्यवसायीसंगको छलफलमा गभर्नर डा. पौडेल

Global Ime Bank AD

 काठमाडौ ।

जेनजी आन्दोलन पछि उत्पन्न असहज परिस्थितिका बारेमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले उद्योगी व्यवसायी र बैंकर्सहरुसँग छलफल गरेका छन् ।

आन्दोलनका क्रममा राजधानी उपत्यकासहित देशैभरी बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरुमा तोडफोड र आगजनीका घटना हुँदा अरबौंको क्षति भएको छ ।

यही परिस्थितिका बीच आज गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टा–छुट्टै छलफल गरेका हुन् ।

जेनजीको आन्दोलनका क्रममा दुई दर्जन होटलमा क्षति हुँदा करिब २५ अर्बको नोक्सानी र दुई हजार बढी कामदार बेरोजगार भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । थापाथली स्थित गाडीका शोरुमहरुमा आगजनी हुँदा अरबौंको क्षति भएको छ भने जेन–जी आन्दोलनले निजी घरदेखि व्यवसायसम्म तहसनहस हुँदा बीमा कम्पनीहरुमा ठूलो दाबी पर्ने अनुमान गरिएको छ ।

देशभर रहेका भाटभटेनी सुपरमार्केटका आउटलेटहरुमा आगजनी, तोडफोड र चोरीका घटना हुँदा अरबौंको क्षति भएको छ भने त्यहाँ कार्यरत हजारौं व्यक्ति बेरोजगार भएका छन् ।

Global Ime Bank
Prev Post

हामी नेपालका युवा सरकारमा नजाने

Next Post

समर्पण र सपनामाथि अपुरणीय चोट लागेको छ

post-bars

Leave a Comment