Back To Top

October 26, 2025

मन्त्रीपरिषदमा थपिँदै समावेशी अनुहार

Global Ime Bank AD
Insourance

काठमाडौ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। जेनजी आन्दोलनबाट बनेको सरकारले आज पूर्णता पाउने भएको छ । कार्कीले विभिन्न चार जनालाई मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।

गणपतिलाल श्रेष्ठ पर्यटन (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री), सुधा गौतम स्वास्थ्य (स्वास्थ्य तथा जनसंख्या मन्त्री), बब्लु गुप्ता खेलकुद (युवा तथा खेलकुद मन्त्री) र खगेन्द्र सुनार श्रम (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) मन्त्री बन्दै छन्।

गणपतिलाल श्रेष्ठ लामो समयदेखि काठमाडौँ उपत्यकालगायत सांस्कृतिक क्षेत्रको मौलिक सम्पदाको संरक्षण, संवर्द्धन र जगेर्ना अभियानमा क्रियाशील व्यक्ति हुन्। खगेन्द्र सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् भने बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन्।

स्वास्थ्यमन्त्री बन्न लागेकी सुधा गौतम पूर्वस्वास्थ्य सचिव हुन्।   आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ।

United long banner ad
Prev Post

नेपालमा जताततै सम्भावना र अवसरहरु छन्ः ढकाल

Next Post

सहज सञ्चारको अपेक्षामा सञ्चारमन्त्रीको कार्यकक्षमा जनता

post-bars

Leave a Comment