Back To Top

June 18, 2025

आइएमई पे र खल्तीबीच मर्जर हुने

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीबीच मर्जर हुने भएको छ।

मर्जरका लागि राष्ट्र बैंकले अन्तिम  स्वीकृति दिएको छ।  आइएमई पे र खल्तीको एकीकृत कारोबार पश्चात आधिकारिक रूपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहनेछ। यसको  रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीमा रहनेछ।

संयुक्त कारोबारपश्चात आधिकारिक रूपमा एपको नाम भने खल्ती रहनेछ। यससँगै ठूलो चुक्ता पुँजी र पचास लाखभन्दा बढी आधिकारिक प्रयोगकर्ताहरू हुने खल्ती एप नेपालकै सबभन्दा ठूलो र बलियो डिजिटल वालेटको रूपमा स्थापित हुने कम्पनीको दाबी छ।

यस मर्जरले नेपालको ग्रामीण क्षेत्रसम्म पनि भुक्तानी सेवा विस्तारमा तीव्रता आउने विश्वास कम्पनीले लिएको छ।

नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा चल्ने कम्पनीले उल्लेख गरेको छ।

यो अवधिमा आइएमई पे र खल्ती दुवै एप यथावत् रूपमा सञ्चालनमा रहने छन्। दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि यो समयभित्र मर्जरपछि चल्ने खल्ती एपमै देखिन्छ।

आइएमई पे मा मात्र भएका प्रयोगकर्ताहरूले आफैले ट्याप गरेपछि खल्ती एपमा देखिनेछन्। नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले  सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।

United long banner ad
Prev Post

नक्कलीका कारण सक्कली महानगर पिडित

Next Post

मध्यपूर्वी देश नजान परराष्ट्रको एडभाइजरी

post-bars

Leave a Comment