व्यवसाय र नाफा दुवै बढाउँदै आइएमई लाईफ

काठमाडौं:
आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो नाफा बढाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ११.२२ प्रतिशतले बढेको देखिएको छ ।
तीन महिनामा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा यस्तो नाफा १३ करोड ३ लाख रुपैयाँ थियो ।
त्यस्तै, गत आवमा १ अर्ब ३६ करोड रहेको कम्पनीको कुल आम्दानी बढेर यस अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ ।
चालू आवको असोज मसान्तसम्म कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन गत आवमा १ अर्ब १० करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ४२.७२ प्रतिशतले बढेर १० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत आवमा ७ अर्ब ५ करोड रुपैयााँँ थियो ।
असोज मसान्तसम्म ५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको महाविपत् कोषमा १९ करोड ४१ लाख रुपैया र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.६० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५.६६ रुपैयाँ छ ।