Back To Top

December 29, 2025

इलाममा पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित

Global Ime Bank AD
Insourance

काठमाडौं :  इलाममा गत १८ र १९ असोजमा परेको भारी वर्षाका कारण क्षतिग्रस्त भएका सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको योजनामा अर्थ मन्त्रालयले आवश्यक रकमको अनुमति प्रदान गरेको हो ।

क्षतिग्रस्त संरचनामा मेची राजमार्ग, माइखोला पुल (राजदुवाली र बेलवासे), पुवाखोला पुल, जोगमाईखोला पुल र मेची करिडोरको मर्मत तथा पुनर्निर्माण समावेश छन् । चालू आर्थिक वर्षका लागि तत्काल आवश्यक ५४ करोड रुपैयाँ पनि निकासा गरिएको छ । स्रोत सुनिश्चित भएपछि सडक तथा पुल पुनर्निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सडक विभागलाई तत्काल टेण्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । कार्यान्वयन सडक विभाग मातहतको इलाम सडक डिभिजनले गर्नेछ ।

गत विपद् घटनामा ३९ जनाको मृत्यु भएको थियो र ठूलो भौतिक संरचनामा क्षति पुगेको थियो । सरकारले २३ असोजमा इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो ।

सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ सुनिश्चित गरिएको छ । यसअनुसार, माइखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माइखोलामा मोटरेवल स्थायी पुल वेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माणका लागि ५÷५ करोड र मेची करिडोरका लागि १४ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ ।

चालू आवमा आवश्यक रकमका रूपमा मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली र बेलासेका लागि क्रमशः ५ तथा १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयाँ निकासा गरिएको छ। दुई बेली ब्रिज निर्माणका लागि सम्पूर्ण रकम उपलब्ध गराइएको छ ।

मन्त्री घिसिङले टोलीको निरीक्षणपछि विपद्बाट प्रभावित जनजीवन सामान्य बनाउन तत्काल राहत, संरचना मर्मत तथा दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

United long banner ad
Prev Post

तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो

Next Post

एफसी चितवनका अध्यक्ष ढकाल रास्वपाको समानुपातिकमा

post-bars

Leave a Comment